दफा ८
अनुमतिपत्रको अवधि र नवीकरण
: (१) दफा ११ बमोजिम अनुमतिपत्र अगावै खारेज भएकोमा बाहेक उत्पादन अनुमतिपत्रको अवधि बढीमा पन्ध्र वर्षको र पैठारी, आपूर्ति तथा बिक्री वितरण अनुमतिपत्रको अवधि बढीमा तीन वर्षको हुनेछ ।
(२) उपदफा (१) बमोजिमको अवधि समाप्त हुनु भन्दा कम्तीमा छ महिना अगावै अनुमतिपत्र नवीकरणको लागि तोकिएको ढाँचामा तोकिए बमोजिमको दस्तुर सहित समिति समक्ष दरखास्त दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको म्यादभित्र अनुमतिपत्र नवीकरणको लागि दरखास्त नदिएमा अनुमतिपत्र नवीकरण गरिने छैन र अवधि समाप्त भएका अनुमतिपत्र स्वतः रद्द भएको मानिनेछ ।